बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई गरे पक्राउ

4.91K
shares
khanepani bord

काठमाडौं । जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रविन्द्रकुमार राईलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधबार कोठा खानतलासी गर्दा अवैध रुपमा बिक्री गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा साढे ८३ केजी सतुवा जडिबुटी फेला परेपछि उनलाई पक्राउ गरेको महाशाखाका सूचना अधिकृत एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

उक्त जडिबुटीको बजार मूल्य अनुमानित ५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका राईलाई आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

IME
khanepani