थप ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।

२३,आश्विन.२०७८,शनिबार १७:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्