काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दै

6.33K
shares
khanepani bord

काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियाे टिम भएकाे र खेल कठिन हुने बताए । ‘भारत बलियाे टिम हाे तर यसकाे अर्थ हामी फाइट गर्दैनाैं भन्ने हाेइन । भारतलाई हामी सम्मान गर्छाै। हामी भारतविरुद्ध फाइट पनि गर्छाैँ’ उनले भने ।

नेपाल भारतबीचकाे खेल मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफकाे उपाधि जितिसकेको छ ।

तर ५ राष्ट्र सहभागी यस संस्करणकाे साफमा भने भारत सुरुवाती दुवै खेलमा बराबरीमा राेकिएकाे थियाे । नेपालले भने दुव‌ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । भारतविरुद्ध जीत निकाल्न सकेमा नेपाल एक खेलअघि नै फाइनल पुग्नेछ ।

यस्तै अलमुताइरीले नेपाल अहिले नै फाइनल नपुगेकाे भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् । नेपालका कप्तान किरण कुमार चेम्जाेङले भारत विरुद्धकाे खेल महत्वपूर्ण रहेकाे भन्दै हरेक पाइला साेच विचार गरेर चाल्नुपर्ने बताए ।

यस्तै भारतका प्रशिक्षक इगाेर स्टिमेकले भारतकाे लक्ष्य साफ जित्नु नै रहेकाेले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्राे खेलिरहेकाे भन्दै ६ अंकका लागि लायक रहेकाे समेत बताए ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १-१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित दाेस्राे स्थानमा छ । भारत २ खेलबाट २ अंकसहित चाैथो स्थानमा छ ।

आइतबारै घरेलु टाेली माल्दिभ्सले श्रीलंकासंग खेल्नेछ ।

IME
khanepani