रामेछाप कांग्रेसमा यस्तो बन्यो कान्छारामको सभापतित्वमा नयाँ टिम (नामसहित)

रामेछाप । नेपाली कांग्रेस रामेछापको १४ औं अधिवेशनले सभापति, पदाधिकारीसहित ३९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कांग्रेस रामेछापको सभापतिमा यस पटक पूर्ण बहादुर तामाङ (कान्छाराम)ले बाजी मार्न सफल भए । सभापति तामाङसहितको सात सदस्यीय पदाधिकारी र ३२ सदस्यीय कार्यसमितिका सदस्यहरु निर्वाचित भएका हुन् । उपसभापतिद्धयमा नवराज थोकर र लेखबहादुर कार्की, सचिवद्धयमा विनोद कार्की र दीपक खड्का, सहसचिवद्धयमा कमल योञ्जन र धुव्र प्रसाद चौलागाई रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुमन्त कुमार कार्की, दिनेश कुमार खड्का र मन्दिरा घिमिरे, गुञ्ज बहादुर कार्की, ढाकल बहादुर थापा र विमला कार्की, लब बहादुर थापामगर र अन्जु रजान, विकेश तामाङ (लामा) र सम्झना घिसिङ, कमल प्रकाश सुनुवार र सुशीला बुढाथोकी, कमल कार्की र गोमा कार्की, सिताराम कार्की र कल्पना (खड्का) कार्की, शिव बहादुर बस्नेत र रितादेवी खड्का, सावित्रा के.सी. र सरस्वती घिमिरे, हिमाल ढुंगेल र नवराज घिमिरे, दोर्जे लामा, हस्त बहादुर मोक्तान, केशर बहादुर मगर र घन नारायण श्रेष्ठ (घनश्याम), सुनिता मोक्तान, यशोदा श्रेष्ठ र डोमा शेर्पा,संजिव विक, होम बहादुर माझी, राम विलास महतो रहेका छन् । रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका थिए ।

२४,आश्विन.२०७८,आईतवार ०९:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्