नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत वराम नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत वराम नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । गोरखाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका वराम ठूलो मतान्तरमा पराजित भएका हुन् ।

जनजाति महासंघको बहालवाला अध्यक्ष रहेका बेला उनले पार्टीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकोमा महासंघभित्रै पनि प्रश्न उठेको थियो । वराम शेरवहादुर देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिए ।

तर गोरखामा अधिकांश संस्थापन इतर पक्षका प्रतिनिधिले चुनाव जितेका छन् । बराम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट खुलातर्फको महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।

२४,आश्विन.२०७८,आईतवार १२:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्