काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

हामी चीनसँग झुक्दैनौं : ताइवानी राष्ट्रपति

5.06K
shares
khanepani bord

काठमाडौं। ताइवानी राष्ट्रपति साइ यिङ वेनले आफूहरु चीनसँग नझुक्ने बताएकी छन्।

ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने प्रस्ट पारेकी हुन् ।

ताइवानीहरु दबाबसामु झुक्ने कुनै भ्रम नराख्दा हुन्छु, वेनले राष्ट्रिय दिवसका अवसरमा चीनप्रति लक्षित गर्दै भनिन्।

चिनियाँ राष्ट्रपति सी जिङफिङले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरण गर्ने भनेको भोलिपल्ट वेनले ताइवानीहरु चीनसामु नझुक्ने बताएकी छन् । उनले ताइवानको लोकतान्त्रिक जीवनशैलीको रक्षार्थ सैन्य क्षमता थप मजबुत पार्ने पनि बताइन् ।

चिनियाँ योजनाअनुसार हिंड्नका लागि कसैले आफूहरूलाई दबाब दिन नसकोस् भनेर राष्ट्रिय सुरक्षा मजबुत बनाइने उनको भनाइ थियो ।

चीनले अघि सारेको मार्गले न हामीलाई स्वतन्त्र तथा लोकतान्त्रिक जीवनशैली प्रदान गर्छ न दुई करोड ३० लाख ताइवानीलाई सार्वभौम बनाउँछु, वेनले भनिन् ।

चीनले पछिल्लोपटक ताइवानमाथि सैन्य दबाब दिँदै आएको छ । शनिबार चिनियाँ राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरण गर्ने बाचा गरेका थिए ।

ताइवानसँग कुनै पनि हालतमा एकीकरण गर्ने संकल्प गर्दै आएका सीको पछिल्लो अभिव्यक्ति भने केही नरम थियो । तर उनले मातृभूमि र इतिहास भुलेर मुलुक टुक्र्याउनेको भलो नहुनेु पनि बताएका थिए ।

IME
khanepani