जे.ए ग्रुपका संस्थापकहरुले महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण

काठमाडौं । जे.ए ग्रुपका संस्थापकहरुले महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् । संस्थापकहरु अनारदेवी श्रेष्ठ, जीज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा २ सय थान ट्राफिक सुरक्षा ज्याकेट बरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई हस्तान्तरण गरेका हुन् ।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

जे.ए ग्रपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ ।

२४,आश्विन.२०७८,आईतवार १६:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्