काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

प्रहरीले कैलालीबाट लागु औषधसहित ६ जनालाई गरे पक्राउ

5.2K
shares
khanepani bord

धनगढी । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

एसपी अधिकारी का अनुसार पक्राउ पर्नेमा २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेको एसपी अधिकारीले बताए । उनीहरुको साथबाट तीन ग्राम एक सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

यस्तै राजपुरबाट स्थानीय १८ वर्षीय आकाश राना, १८ वर्षकै राजेश राना, १८ वर्षीय राजकुमार राना र १८ वर्षीया सुजिता रानालाई पक्राउ गरिएको छ । उनीहरु चारैजनालाई विशेष सूचनाका आधारमा कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ३ ग्राम ६९० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani