
विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित गरेका छन् ।
आइतबार बसेको बैठकपछि उनले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको छ ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव लिनुपर्ने संवैधानिक बाध्यता छ । मुख्यमन्त्री आचार्यले दसैंअघि प्रस्ताव दर्ता गरेर दसैंपछि विश्वासको मत लिने योजनामा थिए । तर प्रतिपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव निरन्तर प्रक्रियामा लगेर टुङ्गो लगाउनुपर्ने पक्षमा थिए ।
तर मुख्यमन्त्री आचार्यलाई अनुकुल हुनेगरी सभामुखले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले शनिबार प्रतिपक्षी दलका नेताहरुलाई कात्तिक ५ गतेमात्रै विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्ने बताएका थिए । तर प्रतिपक्षले सभामुखले प्रस्तावप्रति असहमति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्