काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा तीनजनाको मृत्यु

6.41K
shares
khanepani bord

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीनजनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये तीनजनाको मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ३ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको बताए । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

तर, आन्दोलनकारीको प्रदर्शनले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

IME
khanepani