रूपन्देही उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी

रूपन्देही । नेपालीहरुको महानचाड दशैको मुखमा रूपन्देही उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेका हुन्।

‘दुई वटा वडाका चारै गौडामा कर्फ्यू आदेश छ, स्थिति सामान्यतर्फ नआएसम्म कर्फ्यू जारी हुन्छ,’ प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले भने।

मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको उनले बताए। औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो।

हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ। अहिले स्थिति सामान्य रहे पनि हटाइएका व्यक्तिहरू पुनस् आउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।

२५,आश्विन.२०७८,सोमबार ०९:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्