काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

झापाको विर्तामोडमा आइतबार राति मासु व्यवसायीको हत्या

3.82K
shares
khanepani bord

झापा । झापाको विर्तामोडमा आइतबार राति मासु व्यवसायीको हत्या भएको छ।

विर्तामोड-५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

पसलमै बसिरहेको बेला राति करीब ८ बजे उनको हत्या भएको स्थानीयले बताएका छन्।

मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

khanepani