वीरेन्द्रनगरस्थित सिटी बसपार्कबाट यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा प्रहरीले दुईजनालाई गरे पक्राउ

सुर्खेत । वीरेन्द्रनगरस्थित सिटी बसपार्कबाट यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

देउती नागरिक यातायात प्रालिको नक्कली लोगो र छाप बनाएर बसपार्क बाहिर यात्रुलाई टिकट बेचिरहेको अवस्थामा दैलेखको आठविस नगरपालिका ४ का २० वर्षीय प्रकाश चन्द र वीरेन्द्रनगर ६ का १९ वर्षीय सञ्जु सुनार पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले दुईवटा टिकट काटेर यात्रुलाई बेचेको पाइएको छ । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म एक हजार ८५० र सुर्खेतजुम्ला दुई हजार रुपैयाँ भाडा उल्लेख गरेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जाने यात्रुहरुको बसपार्कमा भीड बढेको मौका छोपेर नक्कली टिकट काटेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

२५,आश्विन.२०७८,सोमबार १०:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्