
सुनसरी। प्रहरीले ३ किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका ४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् ।
उनीहरुलाई ईटहरी उपमहानगरपालिका ६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्