काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

4K
shares
khanepani bord

काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै बैंकको नाममा पास गर्ने तयारी गरिएको छ ।

अहिले कमलादीको राइजिङ मलमा कर्पोरेट कार्यालय भाडामा बस्दै आएको छ । नयाँ जग्गामा भवन बनाएर कर्पोरेट कार्यालय राख्ने बैंकका कम्पनी सचिव तुल्सीराम पोख्रेलले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएका छन् ।

khanepani