काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते चारजना प्रहरीलाई थप उपचारका लागि हेलिकोप्टरबाट लगियो काठमाडौं

4.21K
shares
khanepani bord

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते चारजना प्रहरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
उनीहरुलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो । उनीहरुको एपीएफ अस्पताल काठमाडौँमा उपचार हुने छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान ज्ञयराज पुन मगर तथा सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको हो ।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।

झडपमा परी नेपाल प्रहरीका नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए ।

घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरीमध्ये काठमाडौं रिफर गरिएका दुई जनावाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएका छन् ।

झडपमा परी १८ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । औद्योगिक क्षेत्रको जग्गामा सुकुमबासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले अर्को सूचना नभएसम्मका लागि मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

khanepani