प्रधानन्यायाधीशको कोटाका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाए: रामचन्द्र पौडेल

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन दिन पनि नटिक्नेगरी प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएको बताएका छन्।

पार्टीको नवनिर्वाचित भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम गर्दै गएको बताए।

कोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई तीन दिनमै राजीनामा दिनुपर्‍यो, उनले भने, यसले पार्टीको बदनाम भएको छ। नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलवाड गर्न के पार्टी सभापतिलाई अधिकार छ? प्रधानमन्त्रीलाई अधिकार छ ?

नेता पौडेलले अबका निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपर्ने गरी पार्टीलाई अघि बढाउन आफू लाग्ने बताए।

केही दिनअघि चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुले पत्रकारसँग कुरा गर्दै विशेष अवस्थामा गठबन्धन बनेका कारण आगामी चुनावसम्म गठबन्धन एक भएर अघि बढ्ने दाबी गरेका थिए।

अबको निर्वाचनमा हाम्रो पार्टीका कार्यकर्ताले हँसिया, हथौडा, सूर्य, हलो कुनै पनि चिन्हमा भोट हाल्न नपर्नेगरी अघि बढ्छौं,ु उनले भने,ुतपाईंहरूले पार्टीको नेतृत्व चुन्दा विचार पुर्‍याउनुहोल ।

पौडेलले पार्टीको अहिलेको नेतृत्वले कार्यकर्ताको भावना नबुझी अरू पार्टीका मान्छेलाई भोट हाल्न लगाएर आत्मसम्मानमा चोट पुर्‍याएको बताए।

नेपाली कांग्रेसका कार्यकर्ताले विगतमा संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डे र भरतपुरको मेयरको चुनावमा माओवादी केन्द्रकी रेनु दाहाललाई भोट हालेका थिए।

शुभकामना आदानप्रदानमा बोल्ने जिल्ला नेताहरूले चुनावमा अन्य पार्टीलाई भोट हाल्न बाध्य पारिएको भन्दै नेतृत्वको कडा आलोचना गरेका थिए।

नेतृत्वले आगामी दिनमा पनि अरुलाई सहयोग गर्ने निर्णय गरे हामी मान्दैनौं, कांग्रेस भरतपुरका सभापति चित्रसेन अधिकारीले भने, अब चितवनमा हामी आफैं सक्षम छौं, भागबण्डा गर्ने भए अन्तै गए हुन्छ ।

२५,आश्विन.२०७८,सोमबार १५:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्