काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

रुकुम पूर्वको पुथाउत्तरगंगा –१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन

6.38K
shares
khanepani bord

रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ । ५४ वर्ष उमेरमा वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमै निधन भएको हो । कार्यवाहक वडाध्यक्ष मग कामीका अनुसार ३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि नै उपचाररत थिए । मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन् ।

उनी जनयुद्ध कालमा जनमुक्ति सेनाको विग्रेड सह–कमाण्डरसम्म पुगेका थिए भने हाल नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिवालयका वरिष्ठ सदस्य रहेका थिए ।

२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा गुरुङ नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

IME
khanepani