सेयर बजार परिसूचक नेप्से २३.१९ अंकको गिरावट

Ashish Gautam
ashish@nepalijanta.com

काठमाडौं । दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले घटेको छ ।

शेयर कारोबार हुने कम्पनी र रकम दुवैमा गिरावट आएपछि नेप्से परिसूचक २६३९ अंकमा झरेको छ । सोमबार समूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटे ।

दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारदेखि ५ दिन दशैं बिदा कारण बजार बन्द हुनेछ ।

यो पनि पढ्नुहोस  चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव
२५,आश्विन.२०७८,सोमबार १६:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: