
विराटनगर । मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारमा गोली चलेको छ । कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।
मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले गोली चलेको खबर पाएपछि आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्