गोरखामा जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् ।

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको डिएसपी प्रकाश दाहालले बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२६,आश्विन.२०७८,मंगलवार १७:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्