कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल : प्रतिवेदन

काठमाडौं । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ ।

महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तरपार्टी सांसदहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सरकारले खोप अभियान भने प्रभावकारी रुपमा सन्चालन गरेको उल्लेख छ । बेलायतमा कोरोनाले १५ लाख व्यक्तिको ज्यान गएको तथ्यांक छ ।

२७,आश्विन.२०७८,बुधबार १०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्