सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जना पक्राउ

Ashish Gautam
ashish@nepalijanta.com

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका वडा नं.-४ कर्सिया विपि चोक स्थित सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनी रहेका छन् ।

को २५ प ३८९९ नं को मोटरसाइकलमा तिनैजना भारततर्फ भाग्ने क्रममा मोरङ धनपालथान गापा-२ खयरबना चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा फेला परेका सहनीलाई रंगेली अस्पतालमा उपचार पश्चात् ईप्रका रंगेलीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको १ राउन्ड लोडेड गोली सहित कटुवा पेस्तोल १ थान, र सहनीको साथबाट नोकिया कम्पनीको सादा मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।

यो पनि पढ्नुहोस  चर्को मिटर ब्याजमा पैसा लगाएको आरोपमा १९ करोडको चेकसहित एक जना पक्राउ
२७,आश्विन.२०७८,बुधबार १९:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: