काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

सवारी दुर्घटनामा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने,

5.88K
shares
khanepani bord

काठमाडौं । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने पनि जानकारी गराएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाइ नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

चाडवाड र उत्सवको समयमा हुने यस्ता दुःखद् घटनाहरूको न्यूनीकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरु, स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई संवेदनशील र जिम्मेवार भइ लाग्न गृहको निर्देशन छ ।

यस्तै यातायात व्यवसायी, मजदुर र यात्रुहरुले समेत सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यातायात सेवा सञ्चालन र प्रयोग गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।

IME
khanepani