
काठमाडौँ । वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आज खुल्ने भएको छ ।
कोरोनाका कारण गत वर्ष बन्द गरिएको हनुमानढोका दरबार स्थित मन्दिर यस वर्ष खुला गरी भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमान ढोका दरबारको मूल चोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूल चोकमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधवार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्