काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

ग्यास बुलेटभित्र फेला पर्यो १२० किलो गाँजा

4.94K
shares
khanepani bord

काठमाडौं । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।

एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो । वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

IME
khanepani