चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने

Ashish Gautam
ashish@nepalijanta.com

काठमाडौं । चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने भएको छ । वर्ष दिन भरी सञ्चालन गर्ने लक्ष्यसहित हिल्स दसैँमा पनि बन्द नहुने भएको हो । हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले वर्षको ३६५ दिन नै चन्द्रागिरि हिल्स सञ्चालनमा आउने जानकारी दिए । उनले भने, ‘चन्द्रागिरि दसैँको अष्टमी, नवमी र दशमीमा पनि पूर्ण क्षमतामा चल्छ ।’

उनले कम्पनीका कर्मचारी आलोपालो गरेर सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार चन्द्रागिरिको केबलकार र चन्द्रागिरि हिल्स रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा छन् ।​ दसैँको समयमा चन्द्रागिरिमा दैनिक १५०० देखि २००० जना पुगिरहेको शाहले जानकारी दिए ।

यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्रालयको आग्रह, कोरोनाको नक्कली खोप बेच्नेबाट सतर्क रहन
२८,आश्विन.२०७८,बिहीबार ११:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: