पर्सामा ग्यास ट्याङकरमा करिब १ सय २० केजी गाँजा बरामद

काठमाडौं । पर्सामा ग्यास ट्याङकरमा करिब १ सय २० केजी गाँजा बरामद भएको छ । वीरगञ्ज महानगरपालिका-२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता झापाको भद्रपुर नगरपालिका-८ स्थित सडकबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड नगरपालिका-८ बस्ने ३१ वर्षीय नबिन खानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।

२८,आश्विन.२०७८,बिहीबार १३:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्