मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको गरे हत्या

Ashish Gautam
ashish@nepalijanta.com

सल्यान । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस  रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड माधव समूहको माग
२८,आश्विन.२०७८,बिहीबार १५:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: