सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य शनिबार पनि जारी

काठमाडौं । सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य शनिबार पनि जारी छ।

जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक शुक्रबार नुहाउने क्रममा बबई नदीमा बगेर बेपत्ता भएका थिए।

शुक्रबार प्रहरी र स्थानीयले दिनभर खोज्दा पनि बिकलाई फेला पार्न नसकिएको हुँदा शनिबार बिहानदेखि फेरि खोजी कार्य सुरू भएको जानकारी जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले दिए।

सल्यान र बर्दियाको सिमाना जोडिने स्थान बाटुलेमा बबई नदीमा पानी धेरै ठूलो रहेको हुँदा बिक बग्न पुगेको डिएसपी थापाले बताए।

‘उहाँ श्रीमतीसँगै नुहाउन भनेर बबईमा जानुभएको रहेछ,’ डिएसपी थापाले भने, ‘तर उहाँले बिहानै मदिरा सवेन गरेको कुरा खुल्न आएको छ।’

शनिबार बिहानैदेखि बिकको खोजी कार्यका लागि घुइयाबारीको प्रहरी र सर्वसाधारण समेत खटिएको डिएसपी थापाले जानकारी दिए।

३०,आश्विन.२०७८,शनिबार ०९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्