काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

धनुषामा भेटियो घाँटी काटिएको अवस्थामा शव

14.31K
shares
khanepani bord

जनकपुरधाम । घाँटी काटेर हत्या गरेको अवस्थामा धनुषामा एक व्यक्तिको शव भेटिएको छ । नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani