मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। दम बढेपछि उनलाई अस्पताल लगिएको हो।

अस्पताल लगेपछि वैद्यको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ। वैद्य लामो समयदेखि दमबाट पीडित छन्। उनको उपचार जारी गरेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

३१,आश्विन.२०७८,आईतवार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्