काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आजदेखि ग्राहकहरुका लागि गरो अनलाइन सेवा शुरु

4.2K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आजदेखि ग्राहकहरुका लागि अनलाइन सेवा शुरु गरेको छ । केयूकेएलमा कर्मचारी युनियनले दशै अगाडि करिब तिन हप्ता लामो आन्दोलन गरेर यहि सात गतेदेखि पुनः संचालन गर्ने गरि घटस्थापनादेखि स्थगीत गरेका थिए ।
केयूकेएल बोर्ड र व्यवस्थापन वीच कर्मचारी युनियनका माग पुरा गराउने विषयमा पटक पटक बार्ता भएको थियो । बोर्डले कर्मचारीहरुका माग पुरा गराउन व्यवस्थापनले भरपर्दो स्रोतको सुनिश्चिता खोजेको छ ।
कर्मचारीहरुले पनि आन्दोलनका केहि भागहरुमा अनलाइन सेवाको माग गरेका कारण कर्मचारीहरुका माग पुरा गराउने दिशामा केयूकेएल व्यवस्थापनले आजदेखि लागुहूने गरि अनलाइन सेवा शुरु गरेको जानकारी दिएको छ ।
कर्मचारीहरुका माग पुरा गराउन केयूकेएलका सिइओ मिलनकुमार शाक्यले बोर्डलाई सहमत गराएको बोर्ड स्रोतबाट जानकारी प्राप्त भएको छ । यसै हप्ता बोर्ड बैठक बसेर कर्मचारीहरुका माग संबोधन गर्ने तयारी भएको छ ।

khanepani