काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

रूपन्देहीमा बाढीले बगायो डाइभर्सन, यातायात अवरूद्ध

4.1K
shares
khanepani bord

रूपन्देही । रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ।

देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले सोमबार बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ।

यसअघि गत भदौ ११ मा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।

डाइभर्सन बाढीले बगाएपछि फेरि यातायात अवरूद्ध भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए।

रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत क्षेत्रमा आइतबारदेखि पानी परेको छ। पानी परेपछि खेतमा धानसमेत भिजाएको छ।

khanepani