काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

झापामा हावाहुरी र पानीले पाकेको धानमा क्षति

4.89K
shares
khanepani bord

झापा । झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्‍याएको छ। गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ।

पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत छन्। शिवसताक्षी नगरपालिकाका अधिकांश क्षेत्रमा पाकिसकेको धान पानीले नोक्सान गरिदिएको किसानले बताएका छन्। धान पाकेर पहेँलै देखिएका खेत अहिले पानीले डुबेको छ।

मेचीनगर, बिर्तामोड, झापा, कन्काई, गौरीगंज, गौरादह, हल्दिबारी, काचनलावल लगायतका क्षेत्रमा गए रातिदेखि भारी पानी परेको थियो। शिवसताक्षी नगरको शिवगञ्ज,पाँचगाछी,मंगलबारे ,पाराबारी लगायतका क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन्।

स्थानीय किसान रामबहादुर दाहालले हावाहुरीसहित आएको पानीले धान नष्ट गरेको बताए। ‘अब दुई दिन पानीमै धानका बाला डुबे भने त कुहिन्छ,’ उनले भने।

अर्का किसान राम रायले पानीले धान डुबाएको बताए। ‘खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिसक्छ,’ उनले भने।

शिवसताक्षीका रामबहादुर न्यौपानेले दसैँपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउदैँ पानीले डुबाएको बताए। उनले पाँच कट्ठा खेतमा रोपेको धान काटिसकेका थिए।

झापामा राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको रोपाइँ हुने गरेको छ।

IME
khanepani