
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा एघार तहमा तीन जना कर्मचारी नियुक्ती गर्ने प्रक्रियाले केयुकेएलका आठ तहभन्दा माथिका कर्मचारीहरु आतंकित भएका छन ।
केयूकेएलको सुधारका नाम यसरी राजनितिक नियुक्ती गरिन लागेको भन्दै व्यवस्थापनका कर्मचारीहरुले केयूकेएलका सिइओ मिलनकुमार शाक्यलाई चेतवानीपूर्वक धम्की दिएका छन ।
नेपाल खानेपानी संस्थान सुधारका नाममा केयुकेएल भएपछि केयूकेएलको दयनिय त्यसैको उपज भएको कर्मचारीहरुको दावी छ । यहि अवस्थामा केयूकेएल पुनः सुधारका नाममा त्यहाँ कार्यरत कर्मचारीहरुको बुद्धि विकास समेत अबरुद्ध हुने गरि तीन जना कर्मचारी नियुक्तीको प्रक्रिया अगाडि बढेको भन्दै व्यवस्थापन तहकै कर्मचारीहरु आतंकित हुन पुगेका छन ।
आइटि, कर्मचारी व्यवस्थापन र लेखामा विज्ञका रुपमा तीन जना कर्मचारीहरुको नियुक्ती गरेर संस्थानलाई थप कंगाल बनाउने खेलमा एशियालि विकास बैक लागेको समाचार स्रोतले दावी गरेको छ । एशियाली विकास बैकको पैसाका लागि उसका सर्तमा खानेपानीका उच्च तहका प्राविधिकहरुले आत्मासर्मपर्ण गर्न लागेका छन ।
खानेपानी क्षेत्रमा उच्च तहमा बसेर काम गरेका प्राविधिक कर्मचारीहरुले जागिरको अन्तिम समयपछि पनि कसरी दाताहरुको निगाहमा जागिर खाइरहने भन्ने छिद्रा खोजेका कारण भविष्यमा काठमाडौं उपत्यका बासीले पानीकै लागि ठुलो सामाजिक, आर्थिक र भौतिक मुल्य चुकाउनु पर्ने कुरा नर्कान नसकिने अहिलेको केयूकेएलको अबस्थाले बताउँछ । केयूकेएललाई केहि स्वार्थी र पानी माफियाहरुको समुहले पुरै प्राइभेट कम्पनी जसरी चलाएर पानीका नाममा जनता चुस्ने सुनौलो मौकाका लागि बतावरण बनाइरहेको बुझिन आएको छ ।
पानी माफियाहरु सरकारी जागिरबाट हात धोएरपछि धेरैले एशियालि बिकास बैकको झोला बोकेर उनीहरुको तल्ुवा चाटिरहेको अहिले पनि देख्न सकिन्छ । यसैलाई बलजल गरेर नेपाली जनताले पानीका लागि ठुलो मुल्य चुकाउनु पर्ने दिनको विजारोपण पनि यिनै पानी माफिया सरकारी पूर्वकर्मचारीहरुको नियत देखिएको छ ।
केयुकेएललाई सरकार मातहतबाट फुत्काउन केहि पानी माफियाहरुको मिलेमतोमा केयुकेएलमा तीन जना विज्ञ कर्मचारी नियुक्ति गर्ने, योजना अनुसार काम भएको खानेपानी मन्त्रालयका एक सह सचिवले पुष्टि गरेका छन ।
यसै विषयमा खानेपानी मन्त्रालयका प्राविधिक सहसचिव सुनिल दासले भने, विज्ञका रुपमा तीन जना कर्मचारीहरु भर्ना गर्न एशियालि विकास बैक सुझाव अनुसार काम अगाडि बढेको हो । संस्थाको सुधार भएपछि उनीहरु स्वतः हट्ने छन । अहिले केयूकेएलको ती बटा डिर्पाटमेन्ट आइटि, प्रशासन र लेखा हेर्ने गरि एघार तह बारबरको जिम्मेवारीमा तीन जान कर्मचारी भर्ना गर्न केयुकेएल बोर्डले जिम्मेवारी पाएको उनले पुष्टि गरेका छन ।
प्रतिक्रिया दिनुहोस्