काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

कर्णालीको बाढीले कैलालीका ५० घर परे डुबानमा, रानीजमरा सिँचाइ आयोजना क्षतिग्रस्त

3.74K
shares
khanepani bord

धनगढी । कैलालीमा कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । जिल्लाको जानकी गाउँपालिका–९ पाताभारमा रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरबाट पानी ओभर भएर बस्तीमा पसेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीको पानी बस्तीमा पस्दा झण्डै ५० घर डुबानमा परेको जानकारी दिए।

डुबानमा परेका घरमा बसेका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ भने कर्णाली नदीले रानीजमरा कुलरिया सिँचाई आयोजनामा पनि क्षति पुगाएको छ ।

जोशीका अनुसार नदीमा पानीको बाहव बढ्दा जानकी गाँउपालिका-९ को पुर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथी बनेको चार वटा सल्यापमा क्षति गरेको छ भने पूर्व तिरको पुलको सल्याप भत्केर आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

khanepani