काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

धरानमा पहिरोले घर पुरिँदा दुई जना बालबालिकाको मृत्यु

4.78K
shares
khanepani bord

विराटनगर । सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ

IME
khanepani