काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

भुस्याहा कुकुरहरू !

6.59K
shares
khanepani bord

भुस्याहा कुकुरहरू !
कहिले एकाएक,
मिले जस्तो नाटक गर्छन्
एकाएक कहिले,
भिडे जस्तो नाटक गर्छन्
कहिले आ आफै झम्टेर,
टोकाटोक गर्छन्
कहिले किट्दै दाह्रा,
दुबैले ठोकाठोक गर्छन्
हाम्रो गाउँका,
दुई महा भुस्याहा कुकुरहरू !
छाउराहरू पनि के कम,
दुवै कुकुरहरुका,
पछि लाग्दै हिड्छन,
हाउ हाउ गर्दै भुक्छन्
उनका भुस्याहा माउँहरु,
मिले जस्तो गर्दा,
पुच्छर लुकाउँदै
कता जान्छन् जान्छन्,
देखिन्नन् लुक्छन् !
माउँहरु लड्दा,
भुस्याहा छाउराहरु पनि भुक्छन !
कुकुर तिहार,
एकदिन आउँथ्यो पहिले,
अहिले बर्सै भरी !
राम्रा भए पो पाल्नु,
भुस्याहा कुकुरहरू पाल्नु के गरी
सोझा परे हाम्रा गाउँलेहरू,
हान्दैनन् दाउराले पनि !
त्यही भएर टेर्दैनन्,
भुस्याहा माउँ र छाउराले पनि !
– रामप्रसाद खनाल

IME
khanepani