काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

मन्त्रीहरुको दलबलसहित प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

4.85K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम गएका छन्। बालुवाटारबाट हेलिकप्टरमार्फत् प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमस्थित धनगढी गएका हुन्।

सुदूरपश्चिम क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरलगायत पनि सुदूरपश्चिम गएका छन्।

प्रधानमन्त्रीसहित उक्त टोली आज बझाङ, बैतडीलगायत जिल्ला पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्कने उनको सचिवालय स्रोतले बताएको छ।

IME
khanepani