एमालेको स्थायी कमिटी बैठक, आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्दै

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।
बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे पनि छलफल हुने जानकारी दिए ।

एमालेले आगामी ६ गतेदेखि वडा अधिवेशन र कात्तिक ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरेको थियो । विधान महाधिवेशन समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरेका थिए ।

४,कार्तिक.२०७८,बिहीबार १०:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्