सुन चाँदीको मूल्य तोलामा तीन सय रुपैयाँले सामान्य वृद्धि

काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो ।

आज तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२६० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।

४,कार्तिक.२०७८,बिहीबार १२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्