काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

५ किलो ३०० ग्राम गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

4.29K
shares
khanepani bord

काठमाडौं । प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् ।

उनीहरुलाई कात्तिक २ गते बिहान ८: बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो ।

हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले जानकारी दिए।

khanepani