काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

4K
shares
khanepani bord

काठमाडौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहिबार संसदसामू विश्वासको मत माग्ने भएकी छन्।

आज दिउँसो तीन बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने बागमती प्रदेशकी अर्थमन्त्री रचना खड्काले जानकारी दिइन्।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने निर्णय गरेकी थिइन्।

आज मुख्यमन्त्रीले विश्वासको मत माग्नुहुन्छ। त्यसपछि सभामुखले छलफलका लागि कहिले बैठक बोलाउनुहुन्छ भन्ने हो,’ उनले भनिन्, ‘हामीलाई छलछाम गरेर एक मिनेट पनि सरकारमा बस्नुछैन। संविधानले देखाएको बाटोमा अघि बड्छौं। हामी प्रक्रियामा जान तयार छौ।’

संसदीय व्यवस्थाप्रति विश्वास गर्ने भएकाले यसलाई जोगाउनुपर्छ भन्नेमा आफूहरू रहेको उनले बताइन्।

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन्।

IME
khanepani