काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

अष्टलक्ष्मी शाक्यलाई शालिकराम जम्मकट्टेलको आग्रह: राजीनामा दिनुस्

4.12K
shares
khanepani bord

काठमाडौं । बागमती प्रदेशको विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिन आग्रह गरेका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको भन्दै अब राजीनामा दिन आग्रह गरेका हुन् ।

‘आफ्नो राजनीतिक इमान्दारिता र नैतिकता बचाउनुपर्छ । गठबन्धनले निर्णय गरेर आइसकेको छ । तपाईले मार्गप्रशस्त गरिदिनुस्, राजीनामा गरिदिनुस् । तपाईले प्रदेशसमा आफ्नो कुरा राखिसक्नुभएको छ’ उनले भने ।

नेकपा माओवादी केन्द्रका नेता जम्मकट्टेलले शाक्यलाई मुख्यमन्त्री बनाउन विगतमा आफूहरुले पनि धेरै संघर्ष गरेको बताए । तर अहिले अवस्था फरक भएको उनले बताए ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदैछिन् ।

khanepani