बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

भारतमा प्रहरीले नै चोरसँग पैसा लिर्दै, गाडीमा राखेर जिल्ला कटाइदिए

6.25K
shares
khanepani bord

एजेन्सी । आफ्नो सम्पत्ति चोरी वा लुटपाट भए मानिसहरू प्रहरीलाई खबर गर्छन्। प्रहरीले चोरी भएको कुरा भेटाए सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन्, चोर्नेलाई कारबाही गर्छन्।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा भने उल्टो घटना भएको छ। प्रहरीले नै चोरलाई लुटपाट गरेका छन्। दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन्।

बिबिसी हिन्दीका अनुसार अक्टुबर १५ मा फिरोजावाद जिल्लाको रसुलपुर क्षेत्रमा डेलिभरी अटोबाट एक लाख १० हजार भारू चोरी भएको थियो। घरमा कोही नभएका बेला दुई जना चोर आएर पैसा लिएका थिए। चोरी भएको थाहा पाएपछि मालिकले प्रहरीमा निवेदन दिए। चोरी हुँदाको समयको सिसिटिभी फुटेज थियो। प्रहरीले त्यसैका आधारमा अनुसन्धान अघि बढायो।

फिरोजावादका एसएसपी अशोककुमारका अनुसार प्रहरीले जिल्लाभरि अलर्ट गरेर चोरहरूलाई खोजेको थियो।

अक्टुबर १८ मा प्रहरीले चोरलाई पक्रियो। पक्राउ परेका चोरहरूसँग पैसा कहाँ छ भनेर सोध्दा उनीहरूले पैसा प्रहरीले नै लिएको बताए।

एसएसपी अशोककुमारका अनुसार अनुसन्धान गर्दै जाँदा चार जना प्रहरीको एक टोलीले चोर सँगको पैसा आफूले लिएर उनीहरूलाई आफ्नै गाडीमा राखी जिल्लाको सीमा कटाइदिएको खुल्यो। त्यसपछि चोरबाट पैसा लिने ती प्रहरीहरूलाई गिरफ्तार गरियो र पैसा जफत गरियो।

उनीहरूलाई अहिले जेल पठाइएको एसएसपी अशोककुमारले जानकारी दिए।

IME
khanepani