
काठमाडौ । काठमाडौ नेकपा एमालेले चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्न तयारी सुरु भएको बताएको छ।
पार्टीको जिल्ला समितिले भरतपुरमा आज पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी सुरु भएको बताएको हो।
यस अघि महाधिवेशन वुटवलमा गर्ने घोषणा गरिएकोमा बिहीबारको स्थायी समिति बैठकले स्थान परिवर्तन गर्दै चितवनमा गर्ने निर्णय गरेको थियो।
पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले चितवनमा सम्पन्न हुने महाधिवेशनले पार्टीलाई २०७४ सालको चुनावबाट बनेको भन्दा पनि ठूलो पार्टी बनाउने दाबी गरे।
उनले पाँच दलीय गठबन्धन एकतर्फ हुँदा पनि पहिलो पार्टी बन्नेगरी महाधिवेशनले उर्जा दिने दाबी उनले गरे।
नेकपा एमाले बागमती प्रदेशका सह(इन्चार्ज काशीनाथ अधिकारीले चितवनमा हुने महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउने बताए।
एमालेकी जिल्ला अध्यक्ष पार्वती रावलले पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढ्न वडादेखि केन्द्रसम्मको नयाँ नेतृत्वले भूमिका खेल्ने बताइन्।
उनले राष्ट्रिय महाधिवेशन आयोजना गर्नका लागि तयारी सुरु भएको जानकारी गराइन्।
नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गर्दै चितवन नै गृह जिल्ला भएका नेता रामबहादुर थापा बादलु लाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेको थियो।
प्रतिक्रिया दिनुहोस्