काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने

5.81K
shares
khanepani bord

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने बताए ।

शुक्रबारको बैठकमा भने मुख्यमन्त्री राईले प्रदेशसभासमक्ष विश्वासको मत माग्नेछन् । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्नेछन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।

IME
khanepani