काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

सरकारी अस्पताल जाँदा तिर्नुपर्छ पार्किङ शुल्क

4.26K
shares
khanepani bord

काठमाडौ । काठमाडौ पूर्वाधार र सेवासुविधाका हिसाबले प्रशंसा बटुल्न सुरू गरेको कर्णाली प्रदेश अस्पताल पछिल्लो एउटा विषयले आलोचित बनेको छ। अस्पताल क्षेत्रभित्र सेवाग्राहीका सवारी साधन पार्किङ गर्दा शुल्क लिन थालेपछि चौतर्फी आलोचना हुन थालेको हो।

अस्पताल हाताभित्र गरिएको पार्किङ शुल्कको विषयमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

कर्णाली प्रदेश अस्पतालमा असोज २० गतेदेखि पार्किङको शुल्क लिन सुरू गरिएको हो। मोटरसाइकल पार्किङको १० रुपैयाँ लिने गरिएको छ भने गाडी पार्किङ गरेको ५० रुपैयाँ लिने गरिएको छ।

सस्तोमा सेवा लिने उद्देश्यले सरकारी अस्पतालमा जाने सेवाग्राहीबाटै पार्किङ शुल्क लिनु अनुचित कार्य भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्का भने सेवाग्राहीकै हितका लागि शुल्क तोकिएको बताउँछन्। सेवाग्राहीका पार्किङ गरिएको मोटरसाइकलका हेलमेट चोरी हुने भएकाले यस्तो सुरक्षाका लागि स्थानीय युवा क्लबलाई ठेक्का दिएर पार्किङ शुल्क उठाउन लगाइएको उनले बताए।

‘हेलमेटहरु चोरी भइदिन्छन्, उस्तै परे मोटरसाइकल नै चोरी हुन्छ,’ निर्देशक डाक्टर खड्काले भने, ‘शुल्क लिएर ती सामानको सुरक्षा जिम्मा उहाँहरूले लिनुहुन्छ, यसले गर्दा अलि व्यवस्थित होला भनेर कमिटीबाट निर्णय गरिएको हो।’

पार्किङ क्षेत्रको ठेक्का लिएको क्लबले उठाएको शुल्कबाट २० प्रतिशत अस्पताललाई दिने व्यवस्था गरिएको उनले जानकारी दिए।

पार्किङ शुल्क लिएर सवारी साधनको सुरक्षा गरिदिएपछि अस्पतालले छुट्टै दुई जना सुरक्षा गार्ड राख्नुपर्ने अवस्था अन्त्य भएको तर्क डाक्टर खड्काले गरे।

‘हामीले यसैको सुरक्षाका लागि छुट्टै दुई जना गार्ड राख्नु परेन, यसबाट हाम्रो ४० हजार रुपैयाँ बच्छ,’ उनले भने, ‘आखिर ठूलो रकम पनि होइन, एउटा हेलमेट चोरियो भने २-३ हजार रुपैयाँ जान्छ। समितिले जनताकै हकहितको लागि सोच्ने हो।’

डाक्टर खड्काका अनुसार मोटरसाइकल १२ घन्टा राखेवापत् १० रुपैयाँ र गाडी दिनभर राखेको ५० रुपैयाँ शुल्क लिने गरिएको छ।

मान्छेले सकारात्मक भन्दा नकारात्मकतातिर बढी ध्यान दिने भएकाले प्रदेश अस्पतालले पार्किङ शुल्क लिने गरेको विषयमा आलोचना खेप्नु परेको निर्देशक डाक्टर खड्काले बताए।

प्रदेश अस्पताल व्यवस्थापन समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले पार्किङ शुल्कको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्।

‘शुल्क तोक्ने विषयमा भएको बैठकमा म सहभागी नभएको भएर होला, मलाई थाहा थिएन,’ शाहीले भने, ‘हामी यस विषयमा फेरि एकपटक बैठक बसौंला।’

पार्किङ शुल्क उठाउने ठेक्का सुर्खेतको चौकुने गाउँपालिका १० मा रहेको सिगारताल युवा क्लबले पाएको छ। प्रदेश अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतका अनुसार ठेक्का लिन निवेदन दिएका संस्थामध्ये उक्त क्लब छनोट भएको हो।

उनका अनुसार बिरामी छोडेर तत्काल फर्किने सवारी साधनबाट शुल्क नलिने निर्णय भएको छ। भाडाका अटो रिक्सा, १२ घन्टासम्म निजी गाडी र मोटरसाइकलबाट शुल्क लिने गरिएको छ।

सेवाग्राहीको सामान सुरक्षाका लागि अस्पतालले यस्तो निर्णय गरेको प्रशासन प्रमुख बस्नेतले बताए।

‘हामीले कसैलाई दुख दिने नियतले यो निर्णय गरेको होइन, आउने सेवाग्राहीका मोटरसाइकल र सामान सुरक्षित होस् भन्ने उद्देश्य हो। बाहिर बुझाइ गलत भयो,’ बस्नेतले भने।

khanepani