बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

बाढी पहिरो लगायत प्राकृतिक विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई कर्णाली सरकारले दुई लाख रुपैयाँ राहत दिने गरे निर्णय

5.43K
shares
khanepani bord

कर्णाली । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायत प्राकृतिक विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

हालै आएको बेमौसमी बाढी पहिरोमा परी कर्णाली प्रदेशमा आठ जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढी, पहिरोमा परी मृत्यु भएका हुम्लाका ६, कालीकोट र जुम्लाका एक/एक जनालाई राहत रकम दिने भएको हो ।

प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिरोबाट अन्नबालीमा पुगेको क्षतिको लगत संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, पूर्णरुपमा क्षति भएका घरको विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमका लागि संघीय सरकारसँग समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।

IME
khanepani